काठमाडौं । नेप्से घटेको छ । अघिल्लो दिन ३० दशमलव ७५ अंकले बढेको नेप्से आज सोमबार आठ दशमलव २४ अंकले घटेर २६ सय २२ दशमलव ८९ अंकमा पुगेको छ भने सेन्सिटिभ इन्डेक्स पनि शुन्य दशमलव ८३ अंकले घटेर चार सय ५६ दशमलव ३९ अंकमा झरेको छ । तीन सय ३३ वटा कम्पनीहरुको ५४ हजार आठ सय ९२ पटकको कारोबारमा एक करोड २१ लाख ८५ हजार तीन सय ८८ कित्ता शेयर किनबेच हुँदा कुल कारोबार रकम छ अर्ब पाँच करोड २२ लाख २६ हजार नौं सय तीन रुपैंयाँ कायम भएको छ।
नेप्सेमा आज १३ वटा समुहहरुको शेयर कारोबार हुँदा छ वटा समुहहरुको सुचक बढेपनि बाँकी सात वटा समुहहरुको सुचक घटेका छन् । ति मध्ये बाँणिज्य बैंक समुहको सुचक तीन दशमलव शुन्य छ अंकले घटेर १३ सय ७१ दशमलव १३ अंकमा पुगेको छ भने जलबिद्युत समुहको सुचक पनि ३५ दशमलव ८९ अंकले घटेर ३३ सय ७४ दशमलव ८८ अंकमा पुगेको छ । जीवन बीमा समुहको सुचक पनि एक सय ४० दशमलव ८१ अंकले घटेर १३ हजार एक सय ९१ दशमलव २१ अंकमा पुगेको छ भने निर्जीवन बीमा समुहको सुचक पनि एक दशमलव १२ अंकले घटेर ११ हजार ३५ दशमलव ६९ अंकमा पुगेको छ।
फाईनान्स, लगानी र लघुवित्त समुहको सुचक पनि घटेका छन् । बिकास बैंक समुहको सुचक छ दशमलव ६३ अंकले बढेर पाँच हजार पाँच सय ४० दशमलव ९४ अंकमा पुगेको छ भने व्यापार, होटल तथा पर्यटन, उत्पादनमुलक, सामुहिक लगानी कोष र अन्य समुहको सुचक पनि बढेका छन्।
नेप्सेमा आज मुक्तिनाथ कृषि कम्पनी लिमिटेडले सबैभन्दा बढी कमाउँदा इष्र्टन हाईड्रो पावर कम्पनी लिमिटेडले सबैभन्दा बढी गुमाएको छ । शिवम सिमेन्टको भने सबैभन्दा बढी रकम कारोबार भएको छ ।