बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

नागरिक लगानी कोषको कर्जा भुक्तानी ई—पेमेन्ट प्रणाली मार्फत

मंगलबार, असार २४ २०७६

काठमाडौं असार, २४–
नागरिक लगानी कोषको नागरिक लगानी कोष कर्मचारी बचत बृद्धी अवकाश कोषको (८० प्रतिशत ) कर्जा  भुक्तानीलाई अन्लाईन माध्यम मार्फत सहजीकरण गराउन हिमालयन बैंक लिमिटेडसँग सम्झौता भई कनेक्ट आईपिएस ई—पेमेन्ट प्रणालीमार्फत हुुने भएको छ । सम्झौतामा नागरिक लगानी कोषका तर्फबाट कार्यकारी निर्देशक रमन नेपाल तथा हिमालयन बैंकका तर्फबाट कार्यकारी सञ्चालन अधिकृत मृगेन्द्र प्रधानले नेपाल क्लियरिङ्ग हाउसका पदाधिकारीहरुको उपस्थितीमा हस्ताक्षर गरेका छन् ।
सम्झौता पश्चात नागरिक लगानी कोषबाट नागरिक लगानी कोष कर्माचारी बचत बृद्धी अवकाश कोषको (८० प्रतिसत कर्जा भुक्तानी अनलाईन माध्यम मार्फत कनेक्ट आईएिसबाट सोझै यस प्रणालीमा आबद्ध ५० वटा बैंकका खाताबाट गर्न सकिने छ । नागरिक लगानी कोषको ई—पेमेन्ट प्रणालीबाट हुने भुक्तानी संकलन हिमालयन बैंक लिमिटेडमा हुनेछ ।
यसका निम्ति ऋृणीले ई—पेमेन्ट प्रणालीमा आफूलाई आबद्ध गराई सदस्य बैंकमा रहेको खातालाई लिङ्क तथा भेरिफाई गराई सजिलै भुक्तानी गर्न सक्नेछन् ।  ऋृणीले कनेक्ट आईएिसको आधिकारिक वेभसाईटमा गई नागरिक लगानी कोष भुक्तानीलाई छनोट गरी मागिएको आवश्यक विवरण भरी सोझै आफ्नो बैंक खाताबाट भुक्तानी गर्न सक्नेछन् । कनेक्ट आईपिएस प्रणालीको सदस्य रहेको हिमालयन बैंक लिमिटेड अन्लाईन भुक्तानी प्राणालीलाई विस्तार गर्ने क्रममा विभिन्न संस्थहरुलाई आबद्ध गर्दै आएको छ । डिजिटल भुक्तानी सेवाहरु प्रदान गर्ने अग्रणाी बैंकहरुमध्य हिमालयन बैंक रहँदै आएको छ ।
नागरिक लगानी कोषको स्थापना सर्वसाधारणलाई विभिन्न लगानीको अवसर प्रदान गर्ने उद्देश्यका साथ भएको हो । नागरिक लगानी कोषले आफ्ना सुविधाहरुलाई विस्तार गर्ने क्रममा डिजिटल प्रणालीमार्फत सेवा विस्तार गर्ने भएको छ ।