बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

अमेरिकी र हङकङ डलरसहित त्रिभुवन विमानस्थलबाट एक जना पक्राउ

मंगलबार, असार २४ २०७६

काठमाडौं । प्रहरीले ३० हजार अमेरिकी डलर र ३ सयभन्दा बढी हङकङ डलरसहित एकलाई पक्राउ गरेको छ।

नेपाल एयर लाइन्सको आरए ४०८ नम्बरको उडानमार्फत बिहान पौन ८ बजे हङकङ जान लागेका यल्मो तामाङलाई त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट पक्राउ गरिएको हो।

जन्मस्थान हङकङ भई मोरङ स्थायी घर भएका राहदानी नम्बर ०८००६७५७ नम्बरका तामाङलाई २९ हजार ९ सय ५० अमेरिक डलर र ३ सय ७०  हङकङ डलरसहित पक्राउ गरिएको हो।

कालो रंङको सुटकेश र खैरो रङको हाते झोलाबाट प्रहरीले उक्त परिणामको नोट बरामद गरेको हो। उनले उक्त रकम अवैध रुपमा विदेश लैजान लागेको प्रहरीले जनाएको छ। कारबाहीका लागि तामाङलाई राजश्व अनुसन्धान विभाग हरिहर भवन पठाइएको छ।