बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

सागरले ५ विकेट लिँदा नेपालसामु जीतका लागि ९६ रनको लक्ष्य

मंगलबार, असार २४ २०७६

काठमाडौँ । एसीसी अन्डर १९ इस्टर्न रिजन २०१९ को फाइनलमा हङकङले नेपालसामु जीतका लागि ९६ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

 

मलेसियाको क्वाललम्पुरस्थित किनरारा ओभलमा नेपालले टस जितेर पहिले फिल्डङ गर्ने निर्णय गरेको थियो । पहिलो ब्याटिङमा उत्रेको हङकङ ४३।१ ओभरमा मात्र ९५ रन मा समेटियो ।

हङकङलाई सस्तोमा समेट्न नेपालका लागि सागर ढकालले ५ विकेट लिए । उनले १० ओभर बलिङ गर्दै ५ मेडनसहित १८ रन खर्चेर पाँच विकेट लिए ।

त्यस्तै, कमलसिंह ऐरीले ३ विकेट लिए । कुशल मल्ल र तिलक राज भण्डारी १–१ विकेट लिए । हङकङका लागि कप्तान अदित गोरावाराले २४ रन बनाए भने कलहान मार्क चालुले १९ रन बनाए । नेपालले अहिले ब्याटिङ गरिरहेको छ ।