काठमाडौं असार, २३-
बुढानिलकण्ठ नगरपालिका १० कपन शिवपुरी चोकस्थित होटल संचालन गरी बस्ने पाँचथर ईलिहाङ घर भएका ३२ वर्षीय राजभक्त योहङको कोठामा जुवातास खेलिरहेको अवस्थामा राजभक्त योहङ समेत ९ जनालाई नगद ३० हजार ७ सय ७० रुपैयाँ र ३ बुक तास सहित आइतबार राति प्रहरीले पक्राउ गरेको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।