काठमाडौ, असार २३
सुन, चाँदी तथा हीराका उत्कृष्ट डिजाईनहरुको बृहत कलेक्सन रहेको जेजे ज्वेलर्स् (एमेरल्ड प्रा. लि.) ले यही २० गतेका दिन नाचघर, जमलमा आयोजित मिस आदिबासी जनजाती २०७६ प्रायोजन गरेको छ ।
उक्त सौन्दर्य प्रतियोगिताको विजेता श्रीमति मिना मोक्तानलाई जेजे ज्वेलर्स्का सिइओ मनोज सोमानीले क्राउन लगाई सम्मान गरेकाछन । यसका साथै जेजे ज्वेलर्स्ले उक्त प्रतियोगितामा सहभागी सबैलाई हिराका गहनाहरुमा एक पटकको लागि आकर्षक छुट प्रदान समेत गर्नेछ ।
जेजे ज्वेलसर््मा भएका उत्कृष्ट गहनाहरु विशेष गरी ग्राहकहरुको चाहना र मागलाई ध्यानमा राखी निमार्ण गरिएको कम्पनीले जानकारी दिएको छ ।