बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

हिमालयन ईथ्निक फूड फेस्ट तथा नेपाली कुलिनरी अवार्डको आयोजना हुने

सोमबार, असार २३ २०७६

असार २३
ग्लोबल नेप्लिज सेफ फेडेरेशनको आयोजना तथा ग्लोरी मिडियाको ईभेन्ट ब्यवस्थापनमा हिमालयन ईथ्निक फूड फेस्ट तथा नेपाली कुलिनरी अवार्ड हुने भएको छ । सोमबार  पिँगलास्थानमा पत्रकार सम्मेलन आयोजना गरी फूड फेस्ट तथा अवार्डको आयोजना बारे जानकारी गराईएको हो ।

फेस्ट अन्तर्गत २५ र २६ गते होमस्टे भ्रमण तथा अध्ययन, २७ गते होटल तथा रेस्टुरेण्ट भ्रमण तथा अध्ययन र २८ गते फुड फेस्ट र कुलिनरी अवार्ड गर्ने कार्यक्रम रहेको छ  ।

२८ गते बत्तिस पुतली स्थित अनुपम बैंक्कैटमा हुने कार्यक्रममा सिक्किम विश्वविधालयका डिन समेत रहेका हिमाली खानाका अन्वेशक प्रा. डा. ज्योतिप्रकाश तमाङले हिमाली खाना सम्बन्धी प्रस्तुती दिनेछन् । 

पत्रकार सम्मेलन माझ बोल्ने क्रममा ग्लोबल नेप्लिज सेफ फेडेरेशनका अध्यक्ष लक्ष्मन प्रसाद भण्डारीले नेपाली खानालाई प्रवर्धन गर्ने तथा नेपाली सेफहरुलाई उत्प्रेरणा दिने उदेश्यका साथ कार्यक्रम आयोजना गर्न लागिएको जानकारी दिए । 

सम्मेलन माझ पत्रकारहरुले राखेका सवाल उपर फेडेरेशनका अध्यक्ष भण्डारी, महासचिव मोहन गजुरेल, सचिव प्रेम घिसिङलाल लगायतले जवाफ पेश गरेका थिए ।