काठमाडौ, असार २३
माछापुच्छ्रे बैंक लिमिटेडले आइसिआरएएन–आइआर–ए–माइनस रेटिङ्ग प्राप्त गरेको छ । आइसिआर नेपालले प्रदान गर्ने उक्त रेटिङ्गले माछापुच्छ्रे बैंक लिमिटेड लगानीका लागि जोखिममुक्त बैंक रहेको जनाउदँछ ।
आइसिआर नेपालले नेपालका वित्तिय संघसंसथाहरुमा क्रेडिट रेटिङ्ग सम्बन्धमा समयसमयमा विभिन्न अध्ययन अनुसन्धानहरु गर्दै आएको छ । माछापुच्छ्रेले रेटिङ्ग प्राप्त गरेपछि तीन अर्व रुपैयाँ बराबरको ऋणपत्र जारी गर्नका लागि बाटो खुलेको छ । बैंकले श्रावणको पहिलो साताबाट तीन अर्ब बराबरको ऋणपत्र बजारमा ल्याउदै छ ।
बैकले पूर्वमा झापा देखि पश्चिममा कन्चनपुर साथै हिमाल देखि पहाड र तराई गरी सातै प्रदेशमा आफ्ना एक सय १९ वटा शाखाहरु र एक सय १२ शाखारहित बैकिङ्ग सेवा समेत गरी जम्मा दुुई सय ३१ स्थानवाट करिब सात लाख ग्राहक महानुभावहरुमा सम्पुर्ण बैंकिङ्ग सुबिधा प्रदान गरिरहेको छ । साथै, बैंकको देशभर एक सय ४१ वटा एटीएमहरु संचालनमा रहेको छन् ।