बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

प्राइमले कैलाश बैंकलाई प्राप्ति गर्ने

शुक्रबार, असार २० २०७६

काठमाडौं । प्राइम कमर्सियल बैंकले कैलाश विकास बैंकलाई प्राप्ति गर्ने भएको छ ।  दुई बैंकबीच औपचारिक रुपमा शुक्रबार हस्ताक्षर भएको छ । 

 

प्राइम कर्सियल बैंकको कमलपोखरी कार्यालयमा दुबै बैंकबीच हस्ताक्षर भएको हो । प्राइमका तर्फबाट अध्यक्ष राजेन्द्रदास श्रेष्ठ र मर्जर समिति संयोजक गजेन्द्र बिष्ट तथा कैलाशका अध्यक्ष नारायणप्रसाद पौडेल संयोजक सुनिलनारायण श्रेष्ठले हस्ताक्षर गरेका छन् ।

 

लामो समयदेखि दुबै संस्थाबीच शेयर आदनप्रदान अनुपातका बारेमा कुरा मिलेको थिएन । प्राइमले कैलाशलाई प्रतिशेयर ९४ रुपैयाँ दिने सहमति भएको छ ।
 

९४ रुपैयाँ दिएपछि कैलासले एक जना पनि सञ्चालक पाउने छैन । सुरुमा ८५ रुपैयाँ दिन खोजिएको थियो । ८५ दिँदा एक जना सञ्चालक प्राइममा आउँने छलफल भएको थियो ।

 

अब प्रमुख कार्यकारीमा प्राइमका नारायणदास मानन्धरले नै निरन्तरता पाउने छन् । माथिल्लो ब्यवस्थापनमा पनि प्राइमका नै रहने छन् । कैलाशका प्रमुख कार्यकारीलगायत उच्च ब्यवस्थान बाहिरिन सक्ने स्रोतको दावी छ ।