काठमाडौं । आउँदो फागनु १३ देखि १७ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा पाँचौ नेपाल चेम्बर एक्स्पो हुने भको छ ।
नेपाल चेम्बर अफ कमर्सको आयोजना, उद्योग, वाणिज्य तथा आपूर्ती मन्त्रालय एवं ब्यापार तथा निकासी प्रवद्धन केन्द्रको सहकार्य तथा इभेण्ट सोलुसन प्रालीको ब्यवस्थापनमा आयोजना हुने मेलाले अन्तर्राष्ट्रिय मुलुकबाट प्रविधि तथा लगानी भित्र्याउदै मुलुकको आर्थिक विकासमा टेवा पुर्याउने विश्वास लिइएको छ।
नेपाल भ्रमण वर्ष २०२० को समयमा आयोजना गरिएको एक्स्पोले भ्रमण वर्षलाई सफल बनाउन महत्वपूर्ण भूमिका खेल्ने नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष डा. राजेशकाजी श्रेष्ठले बताए । पत्रकार सम्मेलनमा श्रेष्ठले भने, ‘झण्डै आधादर्जन युरोपेली मुलुकका व्यवसायी मेलामा सहभागी हुने विषयमा कुराकानी भैरहेको छ । यसले हामीलाई व्यापार प्रवद्र्धन मात्र नभई पर्यटन प्रवद्र्धनमा पनि सघाउ पुग्ने विश्वास लिएका छौं ।’
‘निर्यात प्रवद्र्धन, वैदेशिक लगानी आकर्षण र अन्तर्राष्ट्रिय आर्थिक संगठनहरुमा सहभागितासँग केन्द्रित क्रियाकलाप नै आर्थिक कूटनीतिको उद्देश्य हो । पछिल्ला चार पटकसम्मको सफलतापूर्वक आयोजना गरिसकेपछि नेपाल चेम्बर अफ कमर्सले मेलाको पाँचौं संस्करणमा व्यापारिक अन्तक्र्रिया, आयात–निर्यातको सूचना आदान–प्रदान तथा नेपाली उत्पादनको बजारिकरणमा विशेष जोड दिएको छ ।’ चेम्बर अफकमर्शका मेला समिति संयोजक राष्ट्र भूषण चाकुबजीले भने।
मेलामा गुणस्तरीय सामानप्रयोग गर्न उपभोक्ता हित सम्बन्धि जनचेतना अभिवृद्धि गर्ने दायित्वलाई प्राथामिकता दिइने छ भने निकासी अभिवृद्धि गर्ने उद्देश्यले निकासीयोग्य वस्तुको प्रवद्र्धन गर्न सबै व्यापारिक समुदायलाई प्रोत्साहन गर्ने र त्यसका लागि बिशेष पहलकदमी समेत लिइने छ ।
यान्त्रिक तथा उपकरणको बृहतप्रदर्शनी सँगै मेलामा अटोमोबाइल, विद्युतीय उपकरण, फ्लोरिङ्ग तथा फर्नि्सिङ्ग, होम अप्लाइन्सेज, फेसन वेयर एण्ड एकसेसरिज, मोबाइल तथा ग्याजेट लगायतविधाकाउत्पादनतथा सेवाहरु आकर्षणका रुपमा रहने मेलाको व्यवस्थापक इभेण्ट सोलुसनका प्रबन्ध निर्देशक विजय सागर प्रधानले बताए ।