एजेन्सी (पेसावर) । पाकिस्तानको उत्तरपश्चिमी क्षेत्रमा भएको डुंगा दुर्घटनामा कम्तिमा चार जनाको मृत्यु भएको छ । घटनामा बेपत्ता हुनेहरुको संख्या २१ छ ।
बेपत्ताहरुलाई जीवीतै उद्धार गर्न सकिने सम्भावना कम भए पनि उद्धारकार्य जारी राखिएको छ । खैबर पाख्तुनख्वा प्रान्तमा रहेको इनडुस नदीमा शाङगलाबाट हारीपुरबाट गइरहेको डुङ्गा बुधबार दुर्घटना भएको थियो । यस डुङ्गामा ३८ व्यक्ति सवार रहेका र ती मध्य १३ जनाले भने पौडी खेलेर ज्यान बचाएका स्थानीय प्रहरी अधिकारी जाहिद उल्लाहले जानकारी दिएका छन् ।
दुई महिला र दुई बालबालिकाको शव नदीबाट निकालेको जाहिदले बताएका छन् । उद्धारकार्य अझै पनि जारी रहेको तर जिवीतै उद्धार गर्ने सम्भावना अत्यन्त कम रहेको पनि जाहिदले बताएका छन् ।