एजेन्सी । अस्ट्रेलिया सरकारले मजदुरहरुको न्युनतम पारिश्रमिक तीन प्रतिशत वृद्धि गर्ने निर्णय गरेको छ । यो निर्णयले अस्टे«ेलियामा रहेका लाखौं आप्रवासीसँगै नेपाली आप्रवासी पनि लाभान्वित हुने भएका छन् ।
अस्ट्रेलियाको फेयर एन्ड वर्क कमिसनले जुलाई १ बाट लागु हुने गरी पारिश्रमिक वृद्धि गरेको हो । नयाँ वृद्धि पछि अब अस्ट्रेलियाली श्रमिकको साप्ताहिक पारिश्रमिक ७४०.८० डलर अर्थात घण्टाको पारिश्रमिक १९.४९ डलर बनेको छ ।
अब त्यहाँका कामदारले साप्ताहिक २१.६ डलर बढी कमाउनेछन् ।
तर यस वर्ष न्यूनतम ज्पारिश्रमिकमा भएको वृद्धि दर अघिल्लो वर्ष भएको वृद्धि दरभन्दा थोरै हो । अघिल्लो वर्ष ‘फेयर वर्क कमिसन’ले राष्ट्रिय न्यूनतम पारिश्रमिकमा ३.५ प्रतिशत वृद्धि गराएको थियो ।
वर्तमान आर्थिक अवस्था सकारात्मक नरहेकाले वृद्धि थोरै गरिएको कमिसनले बताएको छ ।
अस्ट्रेलियाको अर्थतन्त्रमा अघिल्लो वर्षको दोस्रो खण्डमा उलेख्य कमी आएको थियो । प्रारम्भिक सूचकले सन् २०१९ को आर्थिक अवस्था पनि उस्तै रहने अर्थशास्त्रीले अनुमान गरेका छन् ।
यसअघि अष्ट्रेलियाको ट्रेड युनियनले न्युनतम पारिश्रमिकमा ६ प्रतिशतको वृद्धि माग गरेको थियो । माग गरेजति वृद्धि नभएको भन्दै कयैन श्रमिकले समाजिक संजालमा असन्तुष्टि व्यक्त गरेका छन् ।
तथापि अस्ट्रेलियन काउन्सिल अफ ट्रेड युनियनले विहिबारको निर्णयको स्वागत गरेको छ । पारिश्रमिक वृद्धिको फैसलालाई स्वागत गर्दै यसलाई ‘सही दिशातर्फको कदम’ भन्दै केही श्रमिक गरीबीको रेखामुनी रहेकाले तिनको लागि थप सहयोगको प्याकेज ल्याउनुपर्ने माग गरेको छ ।
अष्ट्रेलियामा प्रत्यक वर्ष विज्ञको एउटा प्यानलले न्युनतम ज्याला निर्धारण गर्ने गर्छ ।