शुक्रबार, साउन १५ २०८३

शुक्रबार, साउन १५ २०८३

बैकहरुमा दुई अर्ब ७१ करोड रुपैँंयाँ राख्दै राष्ट्र बैंक

बुधबार, असोज ८ २०८२

काठमाडौ । नेपाल राष्ट्र बैंकले बैक तथा फाईनान्स कम्पनीहरुमा दुई अर्ब ७१ करोेड ८५ लाख रुपैयाँ संस्थागत निक्षेप राख्ने भएको छ । बाँणिज्य बैंक, बिकास बैंक र फाईनान्स कम्पनीहरुको रकम राख्न लागेको राष्ट्र बैंकको भनाई छ ।

राष्ट्र बैंकका अनुसार बिभिन्न कोषमा रहेको रकम लगानीको अवधि तीन सय ६६ दिन अर्थात अक्टोबर १४, २०२५ देखि अक्टोबर १४, २०२६ सम्म रहेको छ । रकम लगानी गर्न चाहाने बैक तथा फाईनान्स कम्पनीहरुले यही असोज १० गतेसम्म लगानी गर्न चाहेको रकम र दिन चाहेको व्याज समेत तोकेर प्रस्ताव पेस गर्नुुपर्ने छ । लगानीको लागि छुुट्याईएको कुुल रकम मध्ये बाँणिज्य बैंकहरुको लागि दुई अर्ब १७ करोड ४९ लाख, बिकास बैंकहरुको लागि ४० करोड ७७ लाख र फाईनान्स कम्पनीहरुको लागि १३ करोड ५९ लाख रुपैंयाँ छुट्याईएको छ ।

रकम लगानी गर्न चाहाने बैंक तथा बित्तीय संस्थाहरु सञ्चालनमा आएको दुई बर्ष पुरा गरेको हुुनुुपर्ने, निष्क्रिय कर्जा कुल कर्जा सापटको आठ प्रतिशत र खुद निष्क्रिय कर्जा अनुपात तीन प्रतिशत ननाघेको हुनुपर्ने न्युनतम प्रावधानहरु रहेका छन् ।