बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

एमालेमा कुनै विग्रह नहुने वरिष्ठ उपाध्यक्ष पोखरेलको दाबी

शुक्रबार, असोज ३ २०८२

काठमाडौं । नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पार्टी भित्र कुनैपनि किसिमको विग्रह नहुने दाबी गरेका छन् ।

संविधान दिवसको अवसरमा पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित कार्यक्रममा उनले पार्टीलाई नयाँ ढंगले निर्माण गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।

पोखरेलले एमाले कसैले उपहारको रूपमा दिएको पार्टी नभएको, धुलो टक्टक्याएर उठ्ने र समीक्षा गर्दै अघि बढ्ने पार्टी भएको उल्लेख गरे। “कमजोरीहरू सच्याइन्छन्, तर विग्रह हुन दिँदैनौँ। पार्टी शान्त तलाउमा डुंगा चलाएर आएको होइन, भुलुक्क उम्लिएको पार्टी होइन। यसलाई हामी नयाँ ढंगले अघि बढाउँछौँ,” उनले भने।

उनले सामाजिक एकता र राष्ट्रिय एकतालाई बलियो बनाउनु अपरिहार्य भएको बताउँदै, बहुजाति, बहुभाषा, बहुधर्म र बहुसंस्कृतिको नेपालको संरचना कायम राख्नुपर्नेमा जोड दिनुभयो। सामाजिक सद्भाव खल्बल्याउन चाहने तत्वहरूलाई एमालेले पराजित गर्ने प्रतिबद्धता पनि पोखरेलले व्यक्त गरे ।