शुक्रबार, साउन १५ २०८३

शुक्रबार, साउन १५ २०८३

नेप्सेमा देखियो हरियाली, गुमाउने भन्दा कमाउने समुह धेरै

मंगलबार, असार १७ २०७६

काठमाडौं असार, १७–
नेप्सेमा आज मंगलबार भने हरियाली देखिएको छ । नेप्से आज ११ दशमलव दुुई अंकले बढेर १२ सय ५३ दशमलव छ अंकमा चढ्दा सेन्सिटिभ पनि एक दशमलव ४३ अंकले बढेर दुुई सय ६९ दशमलव ९६ अंकमा चढेको छ । आज एक सय ७० कम्पनीहरुको छ हजार एक सय ५७ वटा कारोबारमा १४ लाख ६६ हजार आठ सय ९७ कित्ता सेयर किनबेच भएको छ भने सेयर कारोबार रकम ४२ करोड ९४ लाख ७७ हजार दुुई सय ८८ रुपैयाँ पुुगेको छ ।  
आज १२ वटै समुहको कारोबार भएकोमा गुमाउने भन्दा कमाउने समुह धेरै देखिएकाछन् । सो मध्ये वाणिज्य बैंक समुहको सुचक ११ दशमलव ४२ अंकले बढेर ११ सय २८ दशमलव २४ अंकमा चढ्दा विकास बैंक समुहको सुचक पनि आठ दसमलव ९३ अंकले बढेर १५ सय ९० दसमलव ७८ अंकमा चढेको छ । जलबिद्युुत, लघुुबित्त, निर्जिवन बीमा, जीवन बीमा, होटल, फाईनान्स र सामुुहिक लगानी कोष समुहको सुचक पनि अंकले बढेकाछन । ट्रेडिङ, उत्पादनमुुलक र अन्य समुहको सुचक भने घटेकाछन् । 
कमाउने कम्पनीहरुको सुचीमा स्वरोजगार लघुुबित्त बित्तीय संस्था, जनउत्थान सामुुदायिक लघुुबित्त बित्तीय संस्था आदि परेकाछन् भने गुमाउने कम्पनीहरुको सुचीमा युुनियन हाईड्रो पावर कम्पनी, सिभिल लघुुबित्त बित्तीय संस्था आदि परेकाछन । रकम कारोबार भएको आधारमा भने आज मेगा बैक, प्रभुु बैक लगायतका कम्पनीहरु परेकाछन् ।