बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

साझा यातायातमा स्मार्ट कार्डबाट भाडा तिर्न मिल्ने

सोमबार, असार १६ २०७६

काठमाडौं । साझा यातायातले स्मार्ट कार्डबाट भाडा तिर्न मिल्ने प्रविधि पुन सञ्चालनमा ल्याएको छ । 

 

यसअघि पनि यो सुविधा साझा यातायातमा जडान भएको थियो । अघिल्लो प्रभावकारी हुन नसकेपछि साझाले सोही प्रविधि स्तरोन्नति गरी सञ्चालनमा ल्याएको हो । सोमबार यो प्रविधिको प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले उद्घाटन गरेका छन् । साझाले कार्डको नाम ‘नेपाल मण्डल यात्रा कार्ड’ राखेको छ । 

 

करिव दुई महिनाको परीक्षणपछि संचालनमा ल्याईएको साझा यातायात सहकारीका अध्यक्ष कनकमणी दीक्षितले जानकारी दिए । उनका अनुसार सबै खालका बसमा यो कार्ड प्रयोग गर्न सकिनेछ ।उनका अनुसार पार्किङ,रेष्टुरेण्ट, फेवातालमा ढुङगा चढ्दा र पसलहरुमा समेत प्रयोग गर्न सकिन्छ ।

 

कार्डले खुद्रा पैसाको झन्झट मेटिने र यात्रुहरु ठगिनबाट रोकिने साझाले जनाएको छ भने काठमाडौं महानगरपालिकाले ल्याएको पिक एण्ड ड्रप नीतिका लागि उपयोगी हुने साझाको विश्वास  छ ।