काठमाडौं असार, १४–
बैंक अफ काठमाण्डू लि.ले आफ्नो सेवा तथा सुविधाहरुलाई विस्तार गर्ने उद्देश्यले थप १ एक्टेन्सन् काउण्टरको स्थापना गरेको छ । सुशील कोइराला प्रखर क्यान्सर अस्पताल, खजुराबाट बैंकले एक्टेन्सन् काउण्टरको सेवा थाल्नी गरेको छ । असार १२ गतेका दिन खजुरा गाउँपालिकाका अध्यक्ष किशमत कुमार कक्ष्यापति बाट यस एक्टेन्सन् काउण्टरको उदघाटन भएको हो ।
आर्थिक वर्ष २०७५÷२०७६ को तेस्रो त्रैमासिकको अन्त्यसम्म बैंकले कुल निक्षेप ८१.१३ अर्ब रुपैैयाँ परिचालन गरी कुल कर्जा ७१.२६ अर्व रुपैयाँ प्रवाह गरेको छ । हाल बैंकले ८७ शाखा, ७५ एटिएम तथा १० वटा एक्टेन्सन् काउण्टरबाट आप्mनो ग्राहक वर्गलाई सम्पूर्ण बैंकिङ्ग सेवा प्रदान गर्दै आइरहेको छ ।