बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

अमेरिकाको मानार्थ नागरिकता पण्डित पोख्रेललाई

शनिबार, असार १४ २०७६

काठमाडौं । चर्चित पुराणवाचक दीनबन्धु पोख्रेललाई अमेरिकाले मानार्थ नागरिकता दिएको छ । 

 

हाल अमेरिकामा रहेका उनलाई भर्जिनियास्थित टाउन अफ हर्नडन र हर्नडन टाउन काउन्सिलले मानार्थ नागरिकता प्रदान गरेको हो ।  नेपाली समूदायप्रति र्पुयाएको योगदान तथा विश्व समूदायमा शान्ति, आध्यात्मिकता र मानवताको सन्देश प्रवाह गरेवापत उनलाई अमेरिकामा मानार्थ नागरिकता प्रदान गरिएको बताइएको छ । 

 

यसैबीच पण्डित पोखरेलले अमेरिकी सरकारले प्रदान गरेको यो मानार्थ नागरिकता सबै नेपालीको लागि गौरवको विषय भएको बताएका छन् । 
उनले भनेका छन, ‘कुनै चाहेर पनि होइन, माग गरेर पनि होइन ।  अमेरिकी भूमिमा सेवा गरेबापत आज अमेरिकी सरकारले नेपालीहरूको इतिहासमा पहिलो पटक मलाई मानार्थ नागरिकता प्रदान गरेको छ, यो सबै नेपालीका लागि गौरवको विषय हो । सबैको जय होस् ।’

 

उनलाई दिइएको मानार्थ नागरिकताबारेको प्रमाणपत्रमा हर्नडन टाउन काउन्सिलका सदस्य प्रदीप ढकालको हस्ताक्षर रहेका छन् । ढकाल सो नगरका नेपाली मूलका अमेरिकी जनप्रतिनिधि हुन् ।