बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

चालक र सहचालकद्वारा ट्रकभित्रै महिला बलातत्कृत

शनिबार, असार १४ २०७६

काठमाडौं असार, १४–
नारायणगढका लागि बस नभेटेपछि लिफ्ट मागेकी एक महिलालाई ट्रकका चालक र सहचालकले सवारीभित्र बलात्कार गरेका छन् ।

बुधबार साँझ नवलपरासी बर्दघाट सुस्ता पूर्वबाट दमौली आउँदै गरेको ना १ क ४३४९ नम्बरको ट्रकमा चढेकी ३० वर्षीया महिलालाई बलात्कार गरेको अभियोगमा चालक र सहचालक पक्राउ परेका छन् ।

ट्रकका चालक मोरङ उर्लाबारी नगरपालिका–३ सूर्यचोकका ३० वर्षीय विमल ढकाल र सहचालक ३२ वर्षीय गोपाल भण्डारीविरुद्ध जबरजस्ती करणी मुद्दामा अनुसन्धान थालेको छ ।

उनीहरुले व्यास १२ छिर्कनेस्थित सडक किनारमै ट्रक रोकेर बलात्कार गरेका थिए ।

यो खबर आजको अन्नपूर्णपोष्टदैनिकमा प्रकाशित छ ।