बिहिबार, कार्तिक १२ २०८३

बिहिबार, कार्तिक १२ २०८३

१४ वटा फाईनान्सले एक बर्षमा कमाए एक अर्ब १९ करोड नाफा

सोमबार, भाद्र १६ २०८२

काठमाडौं । फाईनान्स कम्पनीहरुको खुद मुनाफा सन्तोषजनक देखिएको छ । गत आर्थिक बर्षमा बैंकिङ प्रणालीमा देखिएको अधिक तरलताको समस्याको कारण फाईनान्स कम्पनीहरुको निक्षेप सुविधाजनक अवस्थामा देखिएपनि कर्जा बढ्न सकेको थिएन । यसको असर फाईनान्स कम्पनीहरुको समग्र वासलातमा देखियो । फाईनान्स कम्पनीहरुको खुद व्याज आम्दानी बढ्न सकेन भने निष्क्रिय कर्जा बढ्यो । धितो लिलामीमा पनि समस्या देखिएयो । फाईनान्सले कम्पनीले ऋण नउठ्दा आफैले सकार गरेको गैर बैंकिङ सम्पती पनि बिक्री हुन सकेन । तर यही बिचमा पनि गत आव २०८१/०८२ को चौंथो त्रैमासमा फाईनान्सहरुको खुद मुनाफा सन्तोषजन देखिएको छ ।

सञ्चालनमा रहेका १७ वटा मध्ये अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेका १४ वटा फाईनान्सले गत आवको चौंथो त्रैमासमा कुल एक अर्ब १९ करोड ९१ लाख १६ हजार रुपैंयाँ खुद मुनाफा कमाएका छन् । यो नाफा अघिल्लो आवको सोही अवधिको तुलनामा नौं करोड १४ लाख ८२ हजार रुपैंयाँले बढी हो ।

अघिल्लो आवको फाईनान्स कम्पनीहरुको यस्तो नाफा एक अर्ब १० करोड ७६ लाख ३४ हजार रुपैंयाँ रहेको थियो । अपरिष्कृत वित्तीय विवरण अनुसार गत आवको चौंथो त्रैमासमा गोर्खाज फाईनान्सको मात्र खुद मुनफा ऋणात्मक देखिएको थियो । अघिल्लो आवको सोही अवधिमा भने पोखरा, समृद्धि, गुह्ेश्वरी मर्चेन्ट, बेष्ट र नेपाल फाईनान्सको खुद मुनाफा ऋणात्मक देखिएको थियो ।

गत आवको चौंथो त्रैमासमा मञ्जुश्री फाईनान्सले ३१ करोड ४३ लाख ८२ हजार रुपैंयाँ खुद मुनाफा कमाउँदा पोखरा फाईनान्सले ११ करोड ३९ लाख आठ हजार रुपैंयाँ खुद मुनाफा कमाएको थियो । आईसीएफसी फाईनान्सले भने गत आवको चौंथो त्रैमासमा ३४ करोड ४९ लाख ४३ हजार रुपैंयाँ खुद मुनाफा कमाउँदा समृद्धि फाईनान्सले तीन करोड १९ लाख ३५ हजार रुपैंयाँ खुद मुनाफा कमाएको छ । सेन्ट्रल र गुह्ेश्वरी मर्चेन्ट बैंकिङ एण्ड फाईनान्स कम्पनीले भने क्रमशः आठ करोड ९१ लाख ४८ हजार र दुई करोड ७९ लाख ५८ हजार रुपैंयाँ खुद मुनाफा कमाएका छन् । श्री इन्भेष्टमेन्ट, मल्टीपर्पस र बेष्ट फाईनान्सले पनि गत आवको चौंथो त्रैमासमा क्रमशः छ करोड ९९ लाख ३० हजार, दुई करोड ३३ लाख २४ हजार र २० लाख ७७ हजार रुपैंयाँ खुद मुनाफा कमाएका छन् ।

रिलायन्स र नेपाल फाईनान्सले पनि पछिल्लो अवधिमा क्रमशः सात करोड २४ लाख चार हजार र दुई करोड १७ लाख ४५ हजार रुपैंयाँ खुद मुनाफा कमाएका छन् । यस अवधिमा गुडविल र प्रोग्रोसिभ फाईनान्सले भने क्रमशः ५१ लाख १९ हजार र ११ करोड १९ लाख ३८ हजार रुपैंयाँ खुद मुनाफा कमाएका छन्।

अपरिष्कृत वित्तीय विरण अनुसार गोर्खाज फाईनान्सले भने गत आवको चौथो त्रैमासमा १२ करोड ७३ लाख ९४ हजार रुपैैंयाँ खुद नोक्सानी बेहोरेको छ ।