बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

१२ कम्पनीको सेयर आधार मूल्यभन्दा कम

बिहिबार, असार १२ २०७६

काठमाडौं । दोस्रो बजारमा १२ कम्पनीको मूल्य मंगलबार आधार मूल्य भन्दा कममा कारोबार भएको छ । 

 

प्राथमिक बजारमा एक सय रुपैयाँमा शेयर खरिद गरेका लगानीकर्ताले आधार मूल्य भन्दा तल झरेर घाटामै शेयर कारोबार गरेका हुन् । कम्पनीहरुले भनेजस्तो प्रगति नगरेपछि दोस्रो बजारमा आधार मूल्य भन्दा तल झरेको हो ।

 

मंगलबार कारोबार भएका १२ कम्पनीको शेयर कारोबारमा सबैभन्दा कम दिव्यश्वरी हाइड्रो पावरको ६५ रुपैयाँ प्रति कित्तामा शेयर कारोबार भयो ।यसैगरि वर्ल्ड मर्चेन्ट बैकको ९६ रुपैयाँ प्रति कित्तामा शेयर कारोबार भएको छ । 

 

आधार मूल्यभन्दा तल झरेर कारोबार भएका कम्पनीको जगेडा कोष, बार्षिक घाटा  र प्रति शेयर आम्दानीनै घटेपछि ती कम्पनीका शेयर अंकित मूल्यभन्दा तल झरेको हो ।

 

सबैभन्दा कम मूल्यमा शेयर कारोबार भएको दिव्यश्वरी हाइड्रो पावरको चालु आर्थिक बर्षको तेस्रो त्रैमासमा २० करोड रुपैयाँ घाटा छ । उसको जगेडा कोष समेत ११ करोड ८८ लाख रुपैयाँ नकारात्मक छ । प्रति शेयर आम्दानी करिब ३१.२५ रुपैयाँले नकारात्मक छ । यो कम्पनीको मंगलबार ६५ रुपैयाँ प्रति कित्तामा शेयर कारोबार भयो । 

 

घलेम्दी हाइड्रो पावर र जोशी हाइड्रो पावरले अझै बित्तीय बिबरण प्रकाशित गरेका छैनन् । तर यी दुबै कम्पनीको दोस्रो बजारमा कारोबार हुन थालिसकेको छ ।

 

कारोबारको सुरु देखिनै घट्न थालेको शेयर मूल्य दोस्रो बजारमा ८३ रुपैयाँ छ । घलेम्दीले प्राथमिक शेयर बिक्री गर्दा आब्हान पत्रमा छोटो समयमै प्रतिफल दिने प्रक्षेपण गरेको थियो । तर उसको आयोजनाको समय लम्बिएसँगै लागत समेत बढेको छ भने शेयर पूँजीबाटै ५० प्रतिशत लगानी जुटाएका कारण प्रति शेयर आम्दानीमा असर देखिएको छ ।