काठमाडौं । नेपाल स्टक एक्सचेन्जले मार्जिन कारोबारको लागि प्रतीक्षारत सात ब्रोकर कम्पनीलाई बिहीकार स्वीकृति प्रदान गरेको छ ।
अव ब्रोकर कम्पनीहरूले सेयर कर्जा धितो राखेर मार्जिन सेवा उपलव्ध गराउने छन् । उच्चस्तरीय कार्यदलले सुझाव दिए बमोजिम लगानीकर्ताका लामो समयदेखिको माग सम्वोधन गर्ने क्रममा नेप्सेले मार्जिन सुविधा उपलव्ध गराएको हो ।
यसरी पहिलो चरणमा क्रिष्टल कंचनजंगा, भिजन सेक्यूरिटिज,श्रीकृष्ण सेक्यूरिटिज, नेपाल स्टक हाउस,प्राइमो सेक्यूरिटिज,सेक्वर्ड सेक्यूरिटिज र कोहिनुर सेक्यूरिटिज छन् ।
नेप्सेका प्रवक्ता मुराहरि पराजुलीका अनुसार थप ११ वोटा कम्पनीले सो सुविधा माग गर्दै नेप्सेमा निवेदन दिएका छन् । उनीहरूलाइ पनि प्रकृया पुर्याएर चाँडै स्वीकृति दिने तयारी छ ।
यसरी निवेदन दिनेमा नासा सेक्युरिटिज, सुमेरू सेक्यूरिटिज, दिपशिखा सेक्युरिटिज, अनलाइन सेक्यूरिटिज, आर्यातारा इन्भेष्टमेन्ट, इम्पेरियल सेक्यूरिटिज,दिव्या सेक्यूरिटिज लगायत छन् ।