बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

ग्लोवल आईएमई बैंक र इन्टरनेशनल फाईनान्स कर्पोरेसनबिच सम्झौता

बिहिबार, असार १२ २०७६

काठमाडौ, असार १२–
ग्लोबल आइएमई बैंक लिमिटेड र इन्टरनेशनल फाइनान्स कर्पोरेशन (आईएफसी) बीच ऋणको लागि सम्झौता आदान–प्रदान भएको छ । बैकका कामु प्रमुख कार्यकारी अधिकृत महेश शर्मा ढकाल र इन्टरनेशनल फाइनान्स कर्पोरेशनका आवासीय प्रतिनिधि तथा नेपाल प्रमुख एम रेहन रशिदले बैकमा आयोजित एक समारोहकाबीच सम्झौता आदानप्रदान गरेका हुुन । सम्झौता अनुसार, नेपाल राष्ट्र बैंकबाट स्वीकृती पश्चात ग्लोबल आइएमई बैंकले दुई करोड अमेरिकी डलर (करिब दुई अर्ब २० करोड नेपाली रुपैया) ऋण लिई विभिन्न क्षेत्रहरुमा ऋण लगानी गर्नेछ ।
यो सम्झौताले हाल बैंकिङ्ग क्षेत्रमा देखिएको लगानीयोग्य पूजिँको अभावलाई केहीहदसम्म कम गर्ने विश्वास बैंकले लिएको छ । आईएफसीबाट ल्याइने ऋणलाई विशेष गरी साना तथा मझौला उद्योग, पर्यटन तथा कृषि क्षेत्रमा ऋण लगानी गर्ने बैकको योजना रहेको छ