काठमाडौं । मुुलुकभरका सातसय ५३ स्थानीय तहमध्ये आधा भन्दा थोरैले मात्रै प्रदेश तथा स्थानीय सञ्चित कोष ब्यवस्थापन प्रणाली (सुत्र) प्रगोग गरी आगामी आर्थिक वर्षको बजेट तथा कार्यक्रम प्रस्तुत गरेका छन् ।
महालेखा नियन्त्रकको कार्यालयल (मलेनिका)का अनुसार अहिलेसम्म कूल दुई सय ९० वटा स्थानीय तहले मात्रै सुत्र प्रयोग गरेका छन् ।
मंगलबार केही स्थानीय तहले मात्रै सुत्र प्रयोग गरी बजेट ल्याएको जानकारी गराएका थिए । बुधबार धेरैवटाले यो विधि प्रयोग गरी बजेट तर्जुमा गरेको जानकारी पठाएको मलेनिकाका एक अधिकारीले जानकारी दिए ।
अन्तरसरकारी वित्त व्यवस्थापन ऐन २०७४ को व्यवस्थाअनुसार असार १० गते स्थानीय तहले आफ्नो बजेट प्रस्तुत गर्नुपर्छ । मंगलबार स्थानीय तहहरुले आफ्नो गाउँ तथा नगर सभामा बजेट प्रस्तुत गरेका छन् । त्यसरी ल्याइएको बजेटलाई सुत्र प्रणालीमा प्रवृष्ट गराउन अर्थ मन्त्रालयले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमार्फत निर्देश पठाएको थियो ।