बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

फेसबुकबाट परिचय गरी विवाह गराइदिने बहानामा रकम ठगी गर्ने पक्राउ

बुधबार, असार ११ २०७६

काठमाडौं, असार ११– 
काठमाडौं महानगरपालिका १२ टेकुबाट फेसबुकमार्फत परिचय गरी सुन्दर युवतीसँग विवाह गराइदिने बहानामा चार लाख ५५ हजार रुपैयाँ ठगी गर्ने भक्तपुर बालकोट बस्ने दोलखा शैलुङ गाउँपालिका ५ घर भएकी २३ वर्षीय संगिता भन्ने कल्पना बस्नेतलाई आइतबार प्रहरीले पक्राउ गरेको छ । 
कल्पनाले  दोलखा शैलुङ गाउँपालिका ८ बस्ने २४ वर्षीय हरि बहादुर कार्कीको आइडीमा संगिता बस्नेतबाट फ्रेन्ड रिक्वेस्टमार्फत साथी बनेर सुन्दर युवतीको फोटो पठाई विभिन्न नम्बरबाट फोन समेत गरेर तपाईलाई त्यो केटीले माया गर्छे भन्दै विश्वासमा पारेको र पछि त्यो केटी दुर्घटनामा परी अस्पतालमा उपचार भइरहेकोले उपचार गर्नको लागि रकम पठाई दिनुहोस् भनि पटक(पटक गरी ४ लाख ५५ हजार रुपैयाँ आईएमई समेतबाट पठाउन लगाएको र उक्त  केटीको उपचारको क्रममा भारतमा मृत्यु भयो भनि झुठ्ठा व्यहोरा बताई ठगी गरेको भन्ने सूचनाको आधारमा महानगरीय प्रहरी अपराध महाशाखा टेकुबाट खटिएको प्रहरीले निजले प्रयोग गर्ने २ थान मोबाइल सहित उनलाई पक्राउ गरेको हो ।
कल्पनालाई ठगी सम्बन्धी कसुरमा आबश्यक कारबाहीको लागि महानगरीय प्रहरी परिसर काठमाडौं पठाइएको उक्त महाशाखाले जनाएको छ ।