काठमाडौं, असार ११–
सिद्धार्थ बैंक र क्याफोड्याट कलेजबिच सहुुलियतपुर्ण उच्च शिक्षाको सम्झौता भएको छ । बैंकले नेपाल राष्ट्र बैंकको सहुलियतपूर्ण कर्जाका लागि व्याज अनुदान सम्बन्धी एकिकृत कार्यविधि, २०७५ स्वदेशमा नै उच्चशिक्षा हासिल गरी उद्यमी बन्न चाहने, न्युन आर्थिक अवस्था भएका, सीमान्तकृत तथा विपन्न वर्गका विद्यार्थीहरुलाई लक्षित गर्दै “सिद्घार्थ उच्च र प्राविधिक तथा व्यवसायिक शिक्षा कर्जा योजना सञ्चालनमा ल्याएको हो ।
उक्तकर्जाको कार्यान्वयनको लागि सिद्घार्थ बैंक र कलेज अफ अप्लाइड फूड एण्ड डेरि टेक्नोलोजि( क्याफोठ्ड्याट) कलेज बिचसम्झौता भएको छ । सम्झौताअनुसार काठमाडौं स्थित मिनभवनमा रहेको उक्त कलेजमा फूड तथा डेरि टेक्नोलोनीमा स्नातक तथा स्नातकोत्तर गर्न चाहने विद्यार्थीहरुलाई बैंकले कुनै अन्य शुल्क नलाग्ने गरी आधार दरमा दुुई प्रतिसत मात्र प्रिमियम जोडि हुन आउने व्याज दरमा शैक्षिक कर्जा प्रवाह गर्ने छ ।
उक्त व्याज दरमा नेपाल राष्ट्र बैंकद्वारा पाँच प्रतिसत सहुलियत प्रदान गरिने छ । बैंकले उच्चशिक्षा हासिल गर्दै स्वदेशमै शिक्षा तथा रोजगारीमा प्रोत्साहन गर्नको लागि सञ्चालनमा ल्याईएको यो कर्जा सुबिधा सिद्धार्थको सबै शाखाबाट प्राप्त हुुने बैंकले जानकारी दिएको छ ।
हाल चुक्ता पुँजी आठ अर्ब ८८ करोड रहेको बैंकको कुल निक्षेप एक खर्ब १४ अर्ब पुुगेको छ भने कर्जा रकम एक खर्ब सात अर्ब रुपैयाँ पुगेको छ । बैंकले पुर्व मेचीदेखी पश्चिम महाकालीसम्म विभिन्न स्थानहरुमा एक सय ५६ शाखा, एक सय सय शाखा रहित बैंकिङ्ग (चार वटा एक्स्टेनसन काउन्टर सहित)