बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

नेपाल क्लियरिङ्ग हाउसकोे अध्यक्षमा नरेश शाक्य चयन

बुधबार, असार ११ २०७६

काठमाडौ, असार ११–
नेपाल क्लियरिङ्ग हाउस लिमिटेड (एनसीएचएल) ले आफ्नो एक सय २८ औं संञ्चालक समितिको बैठकबाट नरेश शाक्यलाई सर्व–सम्मतरुपमा अध्यक्ष पदमा चयन गरेको छ । शाक्य नेपाल राष्ट्र बैंकको बैंकिङ्ग अफिसमा कार्यकारी निर्देशक रहेकाछन । त्यसै गरी बोर्डले स्मार्ट च्वाईस टेक्नोलोजिज्की निर्देशक कुशुम लामालाई निर्देशककोरुपमा नवनियूत्त गरेको छ ।  नेपाल क्लियरिङ्ग हाउसको संञ्चालक समितिमा नेपाल राष्ट्र बैंकबाट एक जना, वाणिज्य बैंकबाट तीनजना, विकास बैंक, वित्तीय कम्पनी र स्मार्ट च्वाइस टेक्नोलोजिज्बाट एक¬–एक जना प्रतिनिधि रहेकाछन् ।एनसीएचएल नेपालमा राष्ट्रिय भुक्तानी प्रणालीहरु स्थापना गर्न नेपाल राष्ट्र बैंक, बैंक तथा वित्तीय संस्थाहरू र स्मार्ट च्वाइस टेक्नोलोजिज् लिमिटेडद्वारा प्रवद्र्धित कम्पनी हो ।

यसको एनसिएचएल—ईसीसी, एनसिएचएल—आईपिएस र कनेक्ट आईपिएस  ई—पमेन्ट प्रणाली प्रणाली सञ्चालनमा रहेका छन् । हालसम्म यसमा प्रत्यक्ष सदस्यको रुपमा ८० भन्दा बढि बैंक तथा वित्तिय संस्थाहरु रहेका छन् भने ११ भन्दा बढि संस्थाहरु अप्रत्यक्षर टेक्निकल सदस्यका रुपमा आबद्घ रहेकाछन् ।