बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

सुनको मूल्यमा नयाँ रकेर्ड, तोलाकै ६५ हजार ५ सय

मंगलबार, असार १० २०७६

काठमाडौं । लगातार तीन दिन स्थिर रहेको सुनको मूल्य मंगलबार पुन उकालो लागेर नयाँ उचाईमा पुगेको छ । मंगलबार सुन प्रतितोला ५ सय रुपैयाँले बढेर ६५ हजार ५ सय रुपैयाँ पुगेको छ ।

 

सुनको यो मूल्य हालसम्मकै उच्च हो । छापावाल सुनको मूल्यले मंगलबार तोलाको ६५ हजार पाँच सय रुपैयाँ पुगेर नयाँ रेकर्ड बनाएको हो । अघिल्लो दिन सोमबार सुन प्रतितोला ६५ हजार रुपैयाँमा कारोबार भएको थियो ।

 

मंगलबार एकैदिनमा प्रतितोला पाँच सय रुपैयाँ बढेको सुनको मूल्य पछिल्लो एक महिनामा ६ हजार रुपैयाँले बढेको छ । एक महिना अगाडि सुनको मूल्य प्रतितोला ५९ हजार ६ सय रुपैयाँ थियो । 

 

मंगलबार तेजाबी सुन प्रतितोला ६५ हजार २०० र चाँदी प्रतितोला ७४० रुपैयाँ पुगेको छ। अघिल्लो दिनको तुलनाका चाँदीको मूल्य भने यथावत रहेको छ ।

 

अन्तर्राष्ट्रिय बजारमा सुन महँगिएपछि त्यसको असर नेपालमा पनि देखिएको हो । सरकारले सुनमा लाग्ने भन्सारदर वृद्धिले गरेकाले पनि सुन महङ्गो भएको व्यवसायीको भनाई छ ।

 

सरकारले आगामी आर्थिक वर्षको बजेटमा सुन चाँदीजस्ता बहुमूल्य धातुलाई बैंक निक्षेपको रुपमा राख्न सकिने व्यवस्था गरेको छ । यो व्यवस्थाले पनि सुन तथा चाँदीको भाउ बढ्न सहायोग पुगेको बताईन्छ । बजेट यता नै सुनको भाउ प्रतितोला ६ हजार रुपैयाँ बढीसकेको छ ।