काठमाडौं असार, ९–
नेपालको नेशनल बैंकिङ इन्स्च्यिुुट (एनबिआई) र ईमिरेट्स इन्श्चियुुट अफ बैंकिङ (ईआईबिएफएस) बिच सम्झौता भएको छ । दुुबै संस्थाका प्रमुुखहरुबिच २३ जुन २०१९ का दिन ईआईबिएफएसको दुबई स्थित कार्यालयमा समझदारीपत्रमा हस्ताक्षर सम्पन्न भएको हो । उक्त समझदारी पत्रमा नेशनल बैंकिङ्ग ईन्टिच्यूटका प्रमूख कार्यकारी अधिकृत सञ्जीब सुब्बा र ईआईबिएफएसका महाप्रबन्धक जमल अह्मेद अल जस्मीले हस्ताक्षर गरेका हुुन् ।
उक्त समझदारीले तालिम, शिक्षा तथा अनुसन्धानको क्षेत्रमा दुईवटै संस्थाबीच रणनीतिक सम्बन्ध स्थापित गरेको छ । जुन सम्बन्धले बैंक तथा वित्तीय संस्थाहरुका लागि आयोजना गरिने सभा, सम्मेलन, गोष्ठी तथा सामुहिक छलफल जस्ता कार्यक्रमहरुलार्ई प्रभावकारी बनाउनको लागि तालिम तथा सिकाईको थप अवसरहरु सिर्जना भएको एनबिआईले जानकारी दिएको छ ।
इआइबिएफएस सन् १९८३ मा स्थापित संस्था हो, यसले बैंक तथा वित्तीय संस्थाहरुको लागि तालिम, शिक्षा लगायतका क्षेत्रमा विश्वस्तरीय कार्यक्रमहरु आयोजना गर्दै आईरहेको छ । यस संस्था अन्तर्गत सारजाह, अबुधावी र दुबईमा क्याम्पसहरु सञ्चालनमा रहेका छन् । विश्वस्तरीय अग्रणी संस्थाहरु तथा विश्वविद्यालहरु संग सहकार्य गर्दै यस संस्थाले संयुक्त अरब ईमिरेट्सका बैंक तथा वित्तीय संस्थाहरुको लागि उत्कृष्ट कार्यक्रम तथा पाठ्यक्रमहरु विकास एवं अवलम्वन गर्दै आईरहेको छ ।
ईआईबिएफएसले यस संग सम्बद्ध योग्य, क्षमतावान तथा अनुभवी प्राज्ञिक व्यक्तित्व एवं प्रशिक्षकहरुमार्फत बैंक तथा वित्तीय क्षेत्रका हजारौं विद्यार्थी तथा कर्मचारीहरुको बृत्तिबिकासका लागि महत्वपूर्ण योगदान पु¥याउँदै आईरहेको छ । ईआईबिएफएसद्धारा प्रबद्र्धित तालिम, शिक्षा तथा अनुसन्धान सम्बन्धी संयन्त्रहरुमा पुग्ने एनबिआइएको पहुँच मार्फत नेपालमा समेत बैंक तथा वित्तीय संस्थाहरु सम्बन्धी तालिम, शिक्षा तथा अध्ययन अनुसन्धानको लागि अवसरहरु थप हुने अपेक्षा राखिएको छ ।