बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

माधव नेपाल सरकारप्रति अझै नरम, भन्छन्, ‘गल्ती भए सुधार्दैअघि बढौं’

सोमबार, असार ९ २०७६

काठमाडौं । नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले सरकारबाट भएका गल्ती कमजोरीहरु सुधार्दैअघि बढ्नु पर्ने बताएका छन् । 

 

वरिष्ठ नेता नेपालले यातायात क्षेत्रको उचित व्यवस्थापन गर्न पनि सरकारको गम्भिर ध्यानाकर्षण गराए ।

 

नेपाल यातायात स्वतन्त्र मजदुर संगठनले सोमबार ललितपुरमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले दुई तिहाई बहुमत पाएको कम्युनिष्ट नेतृत्वको वर्तमान सरकारले मजदुरहरुको पक्षमा दृढतापूर्वक काम गर्नुपर्ने पनि स्पष्ट पारे । उनले सुरक्षित यात्राका लागि ट्राफिक नियमको पालना गराउने काममा पनि विशेष ध्यान दिन सरकारसँग आग्रह गरे ।

 

पूर्वप्रधानमन्त्री समेत रहेका वरिष्ठ नेता नेपालले यातायात मजदुरहरुलाई पनि यात्रुहरुको सुरक्षामा विशेष सर्तकता अपनाउन पनि सचेत गराएका थिए ।