काठमाडौं असार, ९–
पछिल्लो समय डाटाको प्रयोग बढेसँगै नेपाल टेलिकम र ऐनसेलको भ्वाइस कलको बिजनेश घटेको छ । विशेषगरि अन्तर्राष्ट्रिय कलमा हुने कारोबारमा कमि आएसँगै भ्वाइसकलको बिजनेश घटेको हो ।
पछिल्लो समय भ्वाइस कल गर्नेहरु घटेका छन् । यसको साटो डाटाबाट मेसेन्जर, भाइबरतथा इमोबाट कल गर्नेहरु बढेका छन् । जसका कारण टेलिकम क्षेत्रको आम्दानी नै घटेको छ । आम्दानी घटेसँगै यसबाट राज्यलाई प्राप्त हुने आय घटेको छ ।
ठूला करदाता सेवा कार्यालयका अनुसार गत वर्ष टेलिकम क्षेत्रको कुल आम्दानी ९३ अर्ब २८ करोड थियो । तर यो वर्ष भने यस्तो आम्दानी १७ दशमलव ७३ प्रतिशतले घटेर ७६ अर्ब ७४ करोडमा सिमित हुने कम्पनीहरुको अनुमान छ । नेपाल टेलिकम र ऐनसेल दुवैको आम्दानीमा कम आएको हो । यि कम्पनीहरुले बुझाउने मूल्य अभिवृद्धि कर अर्थात भ्याट पनि घटेको देखिएको छ ।
गत वर्षको चैतसम्ममा तीनवटा टेलिकम कम्पनीले ६ अर्ब २१ करोड रकम बुझाएकोमा यो वषको सोहि अवधिमा ५ अर्ब ३५ करोड प्राप्त भएको छ । जसन गत वर्षको तुलनामा १३ दशमलव ७६ प्रतिशतले कम हो ।
सरकारले यो वर्ष समग्र राजस्व प्रतिशतले बढाउने लक्ष्य लिएको थियो । त्यसैगरि टेलिकम क्षेत्रमा ३२ प्रतिशतले राजस्व बढाउने लक्ष्य लिएको थियो । तर राजस्व यो क्षेत्रबाट बढ्नुको साटो गत वर्षको तुलनमा झनै घटेको छ ।
टेलिकम सेवा प्रदायकहरु लगभग देशभर नै सेवा विस्तार गरिसकेका छन् । जसका कारण उनिहरुको नयाँ ग्राहक थपिने क्रममा केहि कमि आएको छ । यो वर्ष देखि सरकारले कर्पाेरेट कर बढाएर २५ प्रतिशतबाट ३० प्रतिशत पु¥याएको छ । यसबाट कुल नाफामा समेत असर पुग्ने नेपाल टेलिकम बताउँछ ।
हुनत अन्तराष्ट्रिय बजारमा समेत टेलिकम्युनिकेसन् क्षेत्रको बिजनेश २० प्रतिशतले घटेको छ । ग्राहकहरु भ्वाइस कलबाट डाटामा सिफ्ट भएका कारण यस खालको समस्या देखिएको हो ।