बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

मानसरोवर जाने भारतीय तीर्थयात्रीले नेपालगञ्जका होटल भरिभराउ

शनिबार, असार ७ २०७६

काठमाडौं । मानसरोवर जाने भारतीय तीर्थयात्रीका कारण नेपालगञ्ज आसपासका होटलहरु भरिभराउ भएका छन् । नेपालगञ्ज हुँदै कैलाश मानसरोवर तीर्थाटन गर्न जान आएका भारतीय पर्यटकका कारण यहाँका होटल भरिभराउ भएका हुन् ।

 

होटल व्यवसायी महासंघका वरिष्ठ उपाध्यक्ष भाष्कर काफ्लेका अनुसार मानसरोवर जाने उपयुक्त समय हरेक वर्षको वैशाखदेखि भदौसम्म हो ।

 

मानसरोवर–कैलाश पर्वत भ्रमणका लागि आउने भारतीयको संख्या बढ्दै गएको काफ्ले बताउछन्। ‘पर्यटकको सङ्ख्या बढेसँगै यहाँ होटल तथा अन्य व्यवसाय फष्टाएको छ’, उनले भने। मानसरोवरको यात्रामा जाने प्रत्येक भारतीय तीर्थयात्रीले एक लाखभन्दा बढी खर्च गर्ने गरेका छन्। नेपालको बाटो हुँदै जाने भारतीय तीर्थयात्रीको संख्या वर्सेनि बढ्दै गएको छ । पछिल्लो समय पर्यटकको संख्यासँगै स्तरीय होटलसमेत बढेका छन ्।

 

हवाई उडानलाई व्यवस्थित गर्दै हुम्लाको हिल्सासम्मको सडकलाई विस्तार गर्न सके अझै धेरै भारतीय तीर्थयात्री बढ्न सक्ने देखिन्छ । पाँच महिनासम्म चल्ने मानसरोवर यात्रामा जानेको संख्या बढ्दै गएको छ । बाँकेमा तीन हजारभन्दा बढी होटल सञ्चालनमा छन् । नेपालगञ्ज उपमहानगरपालिकामा मात्रै एक हजार ५०० भन्दा बढी होटल सञ्चालनमा रहेको होटल व्यवसायी संघ बाँकेका अध्यक्ष भीम कँडेलले बताए ।