शुक्रबार, कार्तिक १३ २०८३

शुक्रबार, कार्तिक १३ २०८३

कुमारी बैंकको खुद मुनाफामा उच्च बृद्धि

पछिल्लो एक बर्षमा कमायो दुई अर्ब ११ करोड रुपैंयाँ खुद मुनाफा

बिहिबार, साउन २२ २०८२

काठमाडौं । कुमारी बैंकको खुद मुनाफा उच्च रुपमा बढेको छ । बैंकले आर्थिक बर्ष २०८१/०८२ मा दुई अर्ब ११ करोड ६४ लाख नौं हजार ५१ रुपैंयाँ खुद मुनाफा कमाएको छ । यो नाफा अघिल्लो आवको सोही अवधिको तुलनामा निकै नैं बढी हो । अघिल्लो आवमा बैंकको यस्तो नाफा ४६ लाख आठ हजार सात सय चार रुपैंयाँ मात्र रहेको थियो ।

हाल चुक्ता पुँजी २६ अर्ब २२ करोड ५८ लाख ६१ हजार तीन सय ४० रुपैंयाँ रहेको बैंकले आव २०८१/०८२ मा तीन खर्ब ६४ अर्ब ६३ करोड ९१ लाख ६१ हजार पाँच सय १४ रुपैंयाँ निक्षेप संकलन गरी दुई खर्ब ६० अर्ब ९४ करोड ८३ लाख ९९ हजार एक सय ३५ रुपैंयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा ११ अर्ब ५५ करोड ४३ लाख ९४ हजार छ सय ६९ रुपैंयाँ खुद व्याज आम्दानी गरेको बैंकमा छ दशमलव ४२ प्रतिशत कर्जा निष्क्रिय रहेको छ ।

अघिल्लो आवमा भने बैंकले तीन खर्ब ३३ अर्ब ११ करोड १३ लाख २२ हजार चार सय ८५ रुपैंयाँ निक्षेप संकलन गरी दुई खर्ब ६८ अर्ब ४३ करोड १२ लाख ७० हजार चार सय ७० रुपैंयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा १० अर्ब ८० करोड ३३ लाख ४० हजार सात सय तीन रुपैंयाँ खुद व्याज आम्दानी गरेको बैंकमा पाँच दशमलव ९६ प्रतिशत कर्जा निष्क्रिय रहेको थियो ।