काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडले नेपालमै पहिलो पटक पोस मेसिन मार्फत भुक्तानी गर्दा इन्स्टयान्ट इएमआइ सुविधा ल्याएको छ । ग्राहक अनुभवलाई अझ सहज, स्मार्ट र प्रविधिमैत्री बनाउँदै, नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेड (एनआईएमबी) ले नेपालमै पहिलोपटक एनआईएमबी पोस मेसिन मार्फत मार्फत भुक्तानी गर्दा इन्स्टयान्ट इएमआइ सुविधा सुरु गरेको हो ।
अबदेखि एनआईएमबी क्रेडिट कार्ड प्रयोगकर्ताहरूले कुनैपनि व्यापारिक स्थानमा एनआईएमबी पोस मेसिन मार्फत भुक्तानी गर्दा सोही क्षणदेखि किस्ताबन्दी सुविधा प्रयोग गर्न सक्नेछन् । यो सुविधा ग्राहकवर्गहरूले ठूलो खर्चलाई सानो मासिक किस्तामा विभाजन गरेर सजिलै तिर्न सक्ने प्रणाली हो, जुन छुट्टै आवेदन प्रक्रिया वा कुर्नु पर्ने झन्झटबिनै तुरुन्तै उपलब्ध हुनेछ ।
बैंकले इन्स्टयान्ट इएमआइ सुविधा सुरु गर्नुको उद्देश्य ग्राहकवर्गहरूलाई आर्थिक लचिलोपन प्रदान गर्नुका साथै डिजिटल कारोबारलाई अझ सहज बनाउनु रहेको जनाएको छ । यस सुविधाले विशेषगरी घरायसी सामान, विधुतीय उपकरण, ग्याजेट, यात्राजस्ता सेवाहरू खरिद गर्न चाहने ग्राहकवर्गहरूलाई सस्तो मासिक किस्तामा भुक्तानी गर्ने विकल्प प्रदान गर्नेछ । सरल प्रक्रियामार्फत स्वचालित रूपमा सुरु हुने यो सुविधा, डिजिटल बैंकिङप्रतिको विश्वास र प्रयोगलाई थप सशक्त बनाउने विश्वास बैंकले लिएको छ ।
बैंकले हाल २७५ शाखा, २६५ एटीएम, ६५ एक्सटेन्सन काउन्टर, ६० शाखारहित बैंकिङ काउण्टरबाट सेवा प्रदान गरिरहेको छ ।