शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

नेकपा (एस) को केन्द्रीय कार्यालयमा समाजवादी मोर्चाको बैठक सुरु

मंगलबार, साउन १३ २०८२

काठमाडौं । समादवादी मोर्चाको बैठक नेकपा एसको केन्द्रिय कार्यालयमा सुरु भएको छ ।

बैठकमा पछिल्ला विकसित राजनीतिक घटनाक्रम, मोर्चाको आगामी गतिविधिलगायतका विषयमा छलफल हुने जनाइएको छ ।

माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एसका अध्यक्ष माधव नेपालबीच दुई दिन भएको छलफलपछि आज बस्नेगरी मोर्चाको बैठक बोलाइएको हो । प्रचण्ड–माधवबीच पार्टी एकताका विषयमा छलफल भएको बताइन्छ ।

मोर्चाका संयोजक नेत्रविक्रम चन्द विप्लवले पनि प्रचण्ड माधवसहित दोस्रो तहका नेताहरूसँग छलफल गरेका थिए ।