बुधबार, साउन १३ २०८३

बुधबार, साउन १३ २०८३

लामाविरुद्धको अविश्वासको प्रस्ताव पारित

मंगलबार, साउन १३ २०८२

काठमाडौं । बागमती प्रदेश कांग्रेस संसदीय दलका नेता बहादुर सिंह लामाविरुद्धको अविश्वासको प्रस्ताव पारित भएको छ ।

आज संसदीय दलको बैठकमा भएको मत विभाजनमा लामाको पक्षमा १५ मत मात्र परेको छ भने विपक्षमा २२ मत परेको छ ।यस प्रदेशमा कांग्रेसका कुल ३७ सांसद छन् । बहुमतका लागि १९ जना चाहिन्छ ।

लामाविरुद्धको अविश्वासको प्रस्ताव पारित भएसँगै बागमति प्रदेशको मुख्यमन्त्रीबाट राजनामा दिन नैतिक दबाब परेको छ ।