बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

योजना आयोगका पदाधिकारी अन्तराष्ट्रिय माउण्टेन हबका लागि उपयुक्त स्थानको खोज्दै रुवि भ्यालीमा

शनिबार, जेष्ठ ३२ २०७६

काठमाडौं जेठ, ३२–
नेपाल भ्रमणमा आउने बहुसंख्यक पर्यटकको प्राथमिकता हिमालय पर्वत पर्ने भएकोले पर्वतीय पर्यटनको विकासलाई सरकारले प्राथमिकतामा राखेर अध्ययन गर्ने भएको छ । 
हिमाली क्षेत्रमा पर्यटक आकर्षित गर्न सरकारले आवश्यक पूर्वाधार निर्माण र प्रवद्र्धनको काम एक साथ अगाडी बढाउन अध्ययनको तयारी गरेको हो ।  पर्वतीय पर्यटनका निम्ति आवश्यक जनशक्ती उत्पादन देखि अन्तराष्ट्रिय विशिष्ट पाहुनालाई समेत हिमाल चढाउन मिल्ने माउण्टेन हब निर्माण गर्दा अन्तराष्ट्रिय स्तरमा विशिष्ट पहिचान हुने विश्वासका साथ उपयुक्त स्थानको छनोट गर्न लागिएको राष्ट्रिय योजना आयोगका उपाध्यक्षप्रा.डा. पुष्पराज कँडेलले बताए । 
सरकारले चाहेजस्तो पर्याप्तपूर्वाधार निर्माण गर्न उपयुक्त स्थान काठमाडौंबाट सबैभन्दा नजिकको दुरीमा रहेको रुवि भ्याली स्थित गणेश हिमाल श्रृङ्खला अन्तर्गत पाल्दोर हिमालको आधार शिविरर पाङसाङ पासमा रहेको धादिङ क्षेत्र नं. २ का सांसद खेमप्रसाद लोहनीले बताए । पाल्दोर आधार शिविर र पाङसाङ पासमा हालै नेपाल पर्वतारोहण संघको संयोजनमा राष्ट्रिय योजना आयोगको उच्चपदाधिकारीद्वारा स्थलगत अवलोकन गरिसकिएको छ । यही जेठ १ गते राष्ट्रिय योजना आयोगका उपाध्यक्षप्रा.डा. पुष्पराज कँडेल नेतृत्वको टोलीले रुवि भ्यालीको पाङसाङ पास र पाल्दोर आधार शिविर पुगेर स्थलगत निरिक्षण गरेको हो । अध्ययन भ्रमणमा राष्ट्रिय योजना आयोगका पर्यटन हेर्ने सदस्य डा. रामकुमार फुयाल, धादिङ क्षेत्र नं. २ का सांसद खेम प्रसाद लोहनी, नेपाल पर्वतारोहण संघका महासचिव कुलबहादुर गुरुङ लगायतको सहभागिता थियो । 
पर्यटन मार्फत नैआर्थिक समृद्धि रविश्व समुदायको ध्यानखिच्न सक्ने उपयुक्त परियोजनाको खोजी गर्दा राजधानीबाट सबैभन्दा नजिक र छिटो सम्पन्न गर्न सकिने सो स्थान छनोटमा पर्न सक्ने देखिएको छ ।
भ्रमणबाट फर्किएपछि उपाध्यक्ष कँडेलले पर्यटन मार्फत समृद्धि हासिल गर्न यस्ता परियोजनाको खोज अनुसन्धान हुन आवश्यक रहेको बताए । उपाध्यक्ष कँडेलले भन्नुभयो “प्रारम्भिक चरणको अध्ययनमा पाल्दोर आधार शिविर राजधानीबाट नजिक रहेको र उपयुक्त लोकेशनमा रहेकोले अगाडी बढाउन उपयुक्त देखिएको छ ।” राष्ट्रिय आवश्यकताको आधारमा यस्ता परियोजना छनोट हुने भएकाले यसै वर्ष विस्तृत अध्ययन गरिने उनले जानकारी दिए । 
पाङसाङबाट अन्नपूर्ण, माछापुच्छ«े, मनाशलु, गणेश, लाङटाङ, गौरीशंकर लगायतका श्रृङ्खला नजिकबाट अवलोकन गर्न सकिन्छ । काठमाडौंबाट धादिङबेसी हुँदै दुई दिनमा पुग्न सकिने सो स्थानमा रसुवाको स्याफ्रुबेसी हुँदै एकै दिनमा मोटर चढेर पुग्न सकिन्छ । हेलिकप्टर मार्फत १८ मिनेट मै पुगिने सो स्थान स्वदेशी तथा विदेशी पर्यटकको आकर्षक गन्तव्य बन्न सक्छ । 
स्थलगत निरिक्षण गरेर फर्कनुभएका राष्ट्रिय योजना आयोगका पर्यटन हेर्ने सदस्य डा. रामकुमार फुयालले राष्ट्रिय महत्व बोकेको राम्रा परियोजनाको खोजी गर्ने क्रममा पाल्दोर पिकपनि एउटा संभावनाले युक्त देखिएको बताए । 
नेपाल पर्वतारोहण संघ र ट्रेकिङ एजेन्सिज एसोसिएशन नेपालले यस अघि पाल्दोर पिकमा माउण्टेन हट निर्माण गर्न विभिन्न दातृ निकायसंग सहकार्य गरेर प्रारम्भिक अध्ययन गरेका थिए । सोही अध्ययनका आधारमा सांसद लोहनी र नेपाल पर्वतारोहण संघको मागका आधारमा सरकाले बजेट समेत विनियोजन गरेको छ । 
सरकारले माउण्टेन हब बनाउने उद्देश्यका साथ बजेट विनियोजन गरेरै अध्ययन गर्न थालेपछि पर्वतीय पर्यटन व्यवसायीहरु खुशी भएका छन् । नेपाल पर्वतारोहण संघका पूर्व महासचिव ठाकुरराज पाण्डे पाल्दोरमा माउण्टेन हब निर्माण हुँदा सिंगो मुलुकले फाइदा पाउने हुँदा पर्यटन क्षेत्र हर्षित भएको बताए । 
नेपाल पर्वतारोहण संघका महासचिव कुलबहादुर गुरुङ पर्वतीय पर्यटनलाई राष्ट्रले अपनत्व लिएर परियोजना अगाडी बढाएकोमा खुशी व्यक्तगर्दै सहकार्यका निम्ति पर्वतारोहण संघ संधै तत्पर रहने बताउँछन् । 
सरकारले हिमाली क्षेत्रलाई विशेष महत्व दिँदै विभिन्न आयोजनालाई बजेट मार्फत सम्बोधन गरेको छ । नेपाल सरकारको यही आर्थिक वर्षमा हिमाली क्षेत्रमा पूर्व–पश्चिम हरित पदमार्ग, हिमाली क्षेत्रमा पुग्न केवलकार र विभिन्न सर्किटहरुमा पदमार्ग निर्माण गर्नबजेट व्यवस्था गरेको छ । रुवि भ्यालीको लागि पनि विस्तृत परियोजना प्रस्ताव तयार गर्न र पाल्दोर आधार शिविरसम्म पुग्न पदमार्ग निर्माणका लागि एक करोड १० लाख रुपैयाँ बजेट विनियोजन गरेको छ ।