काठमाडौं । कुलिङ अफ पिरियड संसदीय छानबिन समितिको ७ दिन म्याद थपिएको छ ।
शुक्रबार बसेको प्रतिनिधि सभा बैठकमा म्याद थप सम्बन्धी प्रस्ताव सभामुख देवराज घिमिरेले प्रस्तुत गरेका थिए । उक्त प्रस्ताव स्वीकृत भएको उनले घोषणा गरेका छन् ।
गत असार २३ गते प्रतिनिधि सभाले निजामती सेवा विधेयकमा व्यवस्था भएको कुलिङ पिरियडबारे हेरफेरका सन्दर्भलाई लिएर संसदीय छानबिन समिति गठन गरेको थियो ।