काठमाडौं । नेप्से सामान्य अंकले बढेको छ । अघिल्लो दिन ८० दशमलव ९७ अंकले बढेको नेप्से साताको चौंथो कारोबार दिन आज बुधबार पाँच दशमलव १७ अंकले बढेर २९ सय ७८ दशमलव ८८ अंकमा पुगेको छ भने सेन्सिटिभ इन्डेक्स शुन्य दशमलव १५ अंकले घटेर पाँच सय १६ दशमलव ८२ अंकमा पुगेको छ । तीन सय १९ वटा कम्पनीहरुको एक लाख ७० हजार तीन सय १८ पटकको कारोबारमा चार करोड ४८ लाख ६६ हजार एक सय ५९ कित्ता शेयर किनबेच हुँदा कारोबार रकम १९ अर्ब ५७ करोड ५२ लाख ७० हजार पाँच सय ५७ रुपैंयाँ कायम भएको छ ।
नेप्सेमा आज १३ वटा समुहहरुको शेयर कारोबार हुँदा सात वटा समुहहरुको सुचक बढे पनि बाँकी समुहहरुको सुचक भने घटेका छन । सो मध्ये बाँणिज्य बैंक समुहको सुचक तीन दशमलव ९६ अं्रकले घटेर १५ सय ५७ दशमलव ५२ अंकमा पुगेको छ भने बिकास बैंक समुहको सुचक पनि ५७ दशमलव ७६ अंकले घटेर छ हजार दुई सय १९ दशमलव ८५ अंकमा पुगेको छ । जीवन बीमा समुहको सुचक पनि ७२ दशमलव ८९ अंकले घटेर १४ हजार चार सय २२ दशमलव ९७ अंकमा पुगेको छ भने निर्जीवन बीमा समुहको सुचक पनि ८४ दशमलव २० अंकले घटेर १३ हजार छ सय २० दशमलव ८७ अंकमा पुगेको छ । होटल तथा पर्यटन र लघुवित्त समुहको सुचक पनि घटेका छन् । फाईनान्स समुहको सुचक भने ८५ दशमलव १४ अंकले बढेर २७ सय १९ दशमलव १० अंकमा पुगेकोमा जलबिद्युत समुहको सुचक पनि ३३ दशमलव ७५ अंकले बढेर ३८ सय ६४ दशमलव ४८ अंकमा पुगेको छ । यि बाहेक लगानी, उत्पादनमुलक, सामुहिक लगानी कोष, अन्य र व्यापार समुहको सुचक पनि बढेका छन् ।
नेप्सेमा आज ट्रेड टावर लिमिटेडले सबैभन्दा बढी कमाउँदा भुगोल इर्नर्जी डेभलपमेन्ट लिमिटेडले सबैभन्दा बढी गुमाएको छ । हिमालयन रि इन्स्योरेन्स कम्पनीको भने आज सबैभन्दा बढी रकम कारोबार भएको छ ।