शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

प्रकाशमान सिंह निवासमा कांग्रेसका सात नेताको बैठक सुरु

सोमबार, साउन ५ २०८२

काठमाडौँ । उपप्रधानमन्त्री तथा सहरी विकासमन्त्री रहेका नेता प्रकाशमान सिंहको निवास चाक्सिबारीमा नेपाली कांग्रेसका सात नेताको बैठक सुरु भएको छ ।

बैठकमा पूर्व उपसभापतिहरू विमलेन्द्र निधि, विजयकुमार गच्छदार र गोपालमान श्रेष्ठ तथा पूर्व महामन्त्रीहरू कृष्णप्रसाद सिटौला, सिंह र डा.शशांक कोइराला, कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतको सहभागिता रहेको छ।

कांग्रेसको आउदै गरेको महादिवेशन केन्द्रित छलफलका लागी बैठक बसेको एक नेताले जानकारी दिए ।

यसअघि पनि सात नेताको बैठक श्रेष्ठ र कोइराला बसेको थियो ।