काठमाडौं । काठमाडौंको चन्द्रागिरी नगरपालिका–११ सतुङ्गलबाट नियन्त्रित लागूऔषध ट्रामाडोल १ सय ४५ ट्याब्लेट र नगद ८ हजार ५ सय ८५ रूपैयाँ सहित ५ जनालाई बिहीबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका–१४ घर भएका २९ वर्षीय मनिष खड्का, सोही नगरापालिका–१० घर भएका २५ वर्षीय सुजन रूम्बा, सोही नगरपालिका–४ डेरा गरी काभ्रे पनौती नगरपालिका–३ घर भएका २७ वर्षीय रबिन तामाङ, चन्द्रागिरी नगरपालिका–१० डेरा गरी बस्ने सिन्धुली घर भएका २२ वर्षीय बिक्रम साह शंकर र सोही नगरपालिका–८ घर भएका ३० वर्षीय साजन राउत रहेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकु समेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।
मोरङको सुनवर्षी नगरपालिका–९ डायनियाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ६३ ग्राम १ सय मिलिग्राम सहित २ जनालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भारत बिहार सिक्टी ग्राम पंचायत–१३ सहिदाबार बस्ने ३२ वर्षीय सद्दाम हुसेन र भारत अररिया सिक्टी ग्राम पंचायत–६ रÞहनीकट्टा बस्ने ३२ वर्षीय शेर मोहमद रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय विराटनगर समेतबाट खटिएको प्रहरीले झपडतलबाट डायनियातर्फ आउँदै गरेको बिआर ३७ एसी ६७९५ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
धनकुटाको शहिदभुमी गाउँपालिका–६ सुकेआलबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ सय ५० मिलिग्राम सहित सोही गाउँपालिका–५ बस्ने २३ वर्षीय सुवास राईलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी हिलेबाट खटिएको प्रहरीले प्रदेश नम्बर १–०२–०४८ प ४८९२ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
बर्दियाको गुलरिया नगरपालिका–७ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ सय १० मिलिग्राम सहित सोही नगरपालिका–६ बस्ने ३२ वर्षीय नसिप मनिहारलाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय बर्दियाबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
मकवानपुरको हेटौडा उपमहानगरपालिका–२ सानोपोखरा चोकस्थित चिया पसलबाट अवैध लागूऔषध गाँजा ५० ग्राम र नियन्त्रित लागूऔषध ट्रामाडोल १ सय ८८ ट्याब्लेट सहित ३ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ डेरा गरी बस्ने भिमफेदी गाउँपालिका घर भएका ४२ वर्षीया सरस्वती मुक्तान, भारत मोतिहारी बस्ने २३ वर्षीय सुल्तान खान र १६ वर्षीय किशोर रहेका छन् । जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरीले सरस्वतीको चिया पसलबाट उक्त लागूऔषध फेला सहित उनीहरूलाई पक्राउ गरेको हो ।
झापाको बिर्तामोड नगरपालिका–५ बाट नियन्त्रित लागूऔषध ट्रामाडोल १ लाख ३ हजार ८ सय ट्याब्लेट, ट्रामाडोल १ हजार ८ सय ७० एम्पुल, त्चबmबमय िबलम ब्अभतबmष्लयउजभल ४ हजार ५० ट्याब्लेट र डाइक्लोमाइन ९७ हजार ट्याब्लेट सहित अर्जुनधारा नगरपालिका–६ बस्ने २५ वर्षीय बिनोद घिमिरेलाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ । सोही ठाउँस्थित बिनोद र बिर्तामोड नगरपालिका–५ बस्ने ५० वर्षीय भानुभक्त खरेलले कोठा भाडामा लिई नियन्त्रित लागूऔषध भण्डारण गरी राखेको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरीले कोठा तलासी गर्दा उक्त लागूऔषध फेला पारी बिनोदलाई पक्राउ गरेको हो । हाल फरार भानुभक्तको प्रहरीले खोजी गरिरहेको छ ।
सुर्खेतको भेरीगंगा नगरपालिका–१२ छिन्चु बजारबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ ग्राम ९ सय २० मिलिग्राम सहित लेकवेशी नगरपालिका–३ गोरामारे बस्ने २८ वर्षीय कृष्ण बहादुर कार्कीलाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय छिन्चुबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
सुनसरीको कोशी गाउँपालिका–१ भन्सार रोडबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम सहित सप्तरी हनुमानगर कंकालिनी नगरपालिका–९ बस्ने २१ वर्षीया प्रतीक्षा रायलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सुनसरी र इलाका प्रहरी कार्यालय लौकहीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।