बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

सिरहा कल्याणपुर नगरपालिकाका मेयर साह घुस रकमसहित पक्राउ

बिहिबार, साउन १ २०८२

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिबासको टोलीले सिरहाको कल्याणपुर नगरपालिकाका मेयर रामपुकार साह एकलाख घुस रकमसहित रंगेहात पक्राउ गरेको छ ।

आयोगको कार्यालय बर्दिबासको टोली उनलाई नगरपालिका कार्यालयबाटै घुस रकमसहित बुधबार दिउँसो नियन्त्रणमा लिएको हो ।

मेयर साहलाई एक उपभोक्ता समितिबाट एक लाख रकम घुस लिइरहेको बेला रंगेहात नियन्त्रणमा लिएको अख्तियार स्रोतले बताएको छ ।

अख्तियारका अनुसार, नगरपालिकामा २० लाख बजेटमा निर्माण भएको नालाका एक उपभोक्ता समितिसँग उनले २० प्रतिशत कमिसन मागेको खुलेको छ ।

तर, उपभोक्ता समितिले रकम दिन नसकेपछि मेयर साहले योजनाको चेक दिन मानेका थिएनन् । साहले चेक लिनुअघि कम्तीमा १ लाख रुपैयाँ दिन र चेकको रकम खातामा आइसकेपछि बाँकी रकम दिन उपभोक्ता समितिलाई भनेको खुलेको छ ।

उनीमाथि थप अनुसन्धान भइरहेको आयोगको कार्यालय बर्दिबासले जनाएको छ ।