बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

प्राईम कर्मसियल बैंकको ११ औं बार्षिक साधारण सभा सम्पन्न

आइतबार, जेष्ठ २६ २०७६

काठमाडौं जेठ, २६–
प्राईम कर्मसियल बैंकको ११ औं बार्षिक साधारण सभा सम्पन्न भएको छ ।  बैंकले जेठ २६ गते आईतबार बार्षिक साधारण सभा सम्पन्न गरेको हो । सभाले शेयरधनीहरुलाई १६ प्रतिशत वोनस सेयर दिने प्रस्ताव पारित गरेको छ । 
सभाले बैंकको संचालक समितिमा सस्थापक समुहमा  उदय मोहन श्रेष्ठ, नरेन्द्र बज्राचार्य र राजेन्द्र दास श्रेष्ठलाई निर्विरोध निर्वाचित गरेको छ । यसैगरी,साधारण शेयरधनीको समुहमा मनोज पौडेल र प्रचण्डमान श्रेष्ठलाई  निर्विरोध निर्वाचित गरेको छ ।
बैकले आगामी दिनहरुमा पनि बैकको सेवा र शाखाहरुको संजाल बिस्तार गर्र्दे लगि आफ्ना शेयरधनीहरु लाई यथोचित र समय सापेक्ष प्रतिफल दिन बैक प्रतिवद्ध रहेको जानकारी दिएको छ ।