हेटौंडा जेठ, २६–
हेटौंडा लेडी जेसिसद्वारा आयोजित स्लो स्कूटर प्रतियोगिता २०१९ हेटौडामा आयोजना गरिएको छ । यो प्रतियोगिता सडक दुर्घटना बारे जानकारी आदानप्रदान गर्ने एक अन्तरक्रिया कार्यक्रम थियो । बढ्दो दुर्घटना अझ दुइपाङ्ग्रे सवारीको क्षती समेत बढी हुने गरेकाले सोही बिषयमा सचेतना होस र सुरक्षित सवारीमाध्यान केन्द्रित गरेर ट्राफिक नियमबारे जानकारी प्रदानहोस भन्ने ध्येयले जेसीज सप्ताह २०१९ अन्र्तगत गल्फ स्लो स्कूटर प्रतियोगिता आयोजना गरिएको जेसिसले जानकारी दिएको छ ।
कार्यक्रममा सडक दुर्घटना कसरी कमगर्न सकिन्छ जस्ता मुख्य विषय बस्तुमा अन्तरक्रिया गरिएको थियो । कार्यक्रममा सभापतिकोरुपमा हेटौडा लेडी जेसिस २०१९ की अध्यक्ष जेसी सुष्मा लटौलाको उपस्थिती रहेको थियो । साथै हिरामणि त्रिताल मुख्य अतिथिकारुपमा रहेका थिए भने विशिष्ट अतिथि प्रहरी निरिक्षक विरेन्द« कुमार ठाकुरको उपस्थिती रहेको थियो ।
प्रतियोगितामा, सुश्री सुमित्रा लामा प्रथम, सुजुता श्रेष्ठ दोस्रो र उषा रोकाले तेस्रो स्थान प्राप्त गर्न सफल भएकाछन् । नेपाल ल्युब आयल लिमिटेड गल्फ लुब्रिकेन्ट्स संधै यस्ता जागरूकता प्रदान गर्ने कार्यक्रम संग सम्बन्धित रहेको र यसअन्र्तगत विशेष गरी सडक दुर्घटनाहरु र ट्राफिक समस्याहरु, जुनहामी दैनिक जीवनमा भोग्दै आएका बिषहरुमा जनचेतना बिस्तार गर्दे आएको जेसिसले जानकारी दिएको छ ।