बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

कतिपय मानिसले क्रान्तीका नाममा हिंसा भड्काउन खोजेः प्रधानमन्त्री ओली

शुक्रबार, जेष्ठ २४ २०७६

भक्तपुर जेठ, २४–
प्रधानमन्त्री केपी शर्मा ओलीले रोजगारीका लागि नयाँ नयाँ अवसरको खोजी गर्ने र वैदेशिक रोजगारीको विकल्प खोजिने बताएका छन् । शुक्रबार भक्तपुरमा प्रधानमन्त्री स्वरोजगार कार्यक्रमको शुभराम्भ गर्दै प्रधानमन्त्री ओलीले सरकारले देश भित्रै रोजगारीका अवसर सिर्जना गर्ने बताएका हुन् । 

प्रधानमन्त्री ओलीले देश विकासका लागि अहिले उपयुक्त समय रहेको पनि बताए । ‘देशमा अहिले युवाको जनसंख्याको बाहुल्यता छ’, उनले भने, ‘यही युवा जनशक्तिको परिचालन गरेर हामीले देश विकासको फड्को मार्नु पर्दछ । युवाहरुलाई रोजगारीका लागि विदेश जानु पर्ने बाध्यता हटाउछौं ।’
प्रधानमन्त्री ओलीले कतिपय मान्छेहरु क्रान्तीका नाममा हिंसा भड्काउन खोजेको टिप्पणी गरेका छन् । ‘नेपाललाई गरिब बनाइ राख्ने षडयन्त्रमा कोही पनि फस्नु हुदैन’, ओलीले भने, ‘हिंसालाई नेपाली समाजले अस्विकार गरिसकेको छ ।’