शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

प्रधानमन्त्री ओली बाढीग्रस्त क्षेत्रको अवलोकन गर्न रसुवा जाँदै

मंगलबार, असार २४ २०८२

काठमाडौं । रसुवामा बाढी पहिरोले पुर्‍याएको क्षतिको अवलोकन गर्न प्रधानमन्त्री केपी शर्मा ओली , गृहमन्त्री रमेश लेखक र अर्थमन्त्री विष्णु पौडेल बाढी प्रभावित क्षेत्र जाने भएका छन् ।

प्रधानमन्त्री ओली नेतृत्वको टोली मंगलबार दिउँसो बाढी प्रभावित क्षेत्रमा जान लागेको बालुवाटार स्रोतले जानकारी दियो ।

यस्तै नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देल, नेपाल प्रहरीका प्रमुख दीपक थापा र सशस्त्र प्रहरीका प्रमुख राजु अर्याल बाढीग्रस्त क्षेत्रमा जाँदै छन् ।

नेपाल–चीन सीमा क्षेत्रमा रहेको ल्हेन्दे खोलामा आज बिहान आएको बाढीबाट जनधनको ठूलो क्षति भएको छ ।