बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

ग्यास सिलिण्डर लिक भएर आगलागी हुँदा एक परिवारका ७ जना घाइते

शुक्रबार, जेष्ठ २४ २०७६

बारा जेठ, २४–
बारामा एक घरमा सिलिण्डर ग्यास लिक भएर लागेको आगोमा परी ७ जना घाइते भएका छन् । जीतपुर सिमरा उपमहानगरपालिका–१४, डुमरवानास्थित स्याउली बजारको एक घरमा भएको आगलागीमा परी एकै घरका ७ जना घाइते भएका हुन् । 
स्थानीय सुकुमाया ब्लोनको घरमा सिलिण्डर ग्यास लिक भएर आगलागी भएको हो । 
घाइतेमध्ये १ को अस्था गम्भीर छ । उनीहरु सबैको सिमरास्थित अल्पाई अस्पतालमा उपचार भइरहेको छ ।

आगलागीमा परी ६७ वर्षीय नजरमान थिङ, ज्ञानीमाया भनिने २८ वर्षीया सुकुमाया ब्लोन, ३१ वर्षीय बौद्धमान थिङ र ३२ वर्षीया अनीता थिङ गरी एकै परिवारका चारजना घाइते भएको इलाका प्रहरी कार्यालय, सिमराले जनाएको छ ।

त्यसैगरी, स्थानीय ५२ वर्षीया दीलमाया वाईबा, २८ वर्षीया सुनमाया ब्लोन र २६ वर्षीया कमलीमाया पनि घाइते भएका छन् । घाइतेमध्ये स्थानीय दीलमायाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

शुक्रबार बिहान करिब सात बजे ग्यास लिक भएर सल्किएको आगो फैलिएको नजरमानका छोरा सिल बहादुर थिङले जानकारी दिए ।