बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

सनराईज बैंकको प्रमुुख कार्यकारी अधिकृतमा श्रेष्ठ

शुक्रबार, जेष्ठ २४ २०७६

काठमाडौं जेठ, २४–
सनराईज बैंकको प्रमुुख कार्यकारी अधिकृतको पदमा निरजकुमार श्रेष्ठ नियुुक्त भएकाछन । बैंक सञ्चालक समितीको यही जेठ २२ गते बसेको तीन सय १७ औं बैठकले श्रेष्ठलाई प्रमुुख कार्यकारी अधिकृतमा नियुुक्त गरेको हो । 
नवनियुुक्त प्रमुुख कार्यकारी श्रेष्ठको कार्यकाल आगामी असार दुुई गतेबाट सुरु हुुने छ । उनलाई आगामी चार बर्षको लागि प्रमुुख कार्यकारीमा नियुुक्त गरिएको बैंकले जानकारी दिएको छ । नेपाली बैंकिङ्ग क्षेत्रको कुशल व्यवस्थापनकोरुपमा चिनिदै आएका श्रेष्ठ यसअघि माछापुच्छ्रे बैैकमा प्रमुुख कार्यकारी अधिकृत रहेका थिए । उक्त बैकमा कार्यकाल बाँकी रहेकै अवस्थामा श्रेष्ठले राजीनामा दिएका थिए । तत्कालीन एन आईसी बैंकमा पनि श्रेष्ठले उच्च तहमा बसेर निकै लामो समयसम्म काम गरेका थिए ।