शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

बुल्गेरिया पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ

बुधबार, असार १८ २०८२

काठमाडौं । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी बुल्गेरिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा भक्तपुर सूर्यविनायक नगरपालिका–३ बस्ने स्याङ्जा बिरूवा गाउँपालिका–१ घर भएकी ५१ वर्षीया कमला कुमारी केसीलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।

कमलाले बुल्गेरिया पठाइदिन्छु भन्दै २ जना पीडितहरूबाट ६ लाख ७५ हजार रूपैयाँ लिई सम्पर्कबिहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई भक्तपुर सूर्यविनायक नगरपालिका–३ बालकोटबाट पक्राउ गरेको हो ।

उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।