काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माको कार्यक्रम ‘ऐना’ असार २० गतेदेखि प्रसारण हुने भएको छ । महामन्त्री शर्मा प्रस्तोता रहने ‘ऐना’ को दोस्रो संस्करण विकास निर्माणका मुद्दालाई केन्द्रमा राखेर तयार पारिएको छ ।
निर्देशक प्रकाश लामिछानेले मंगलबार विज्ञप्तिमार्फत भनेका छन्, ‘समुन्नतिको यात्रामा नेपाल कहाँ पुगेको छ ? कहाँ छुटेको छ ? हुनुपर्ने प्रगति के भएको छ र हुनु–नपर्ने बेथिति किन भएको छ ? प्रश्न र गुनासा किन उब्जिएका छन्, सम्भावना र नवीन आशा के–कस्ता छन् ? देशको विभिन्न कुना पुगेर तयार गरिएका सामग्रीका साथ कार्यक्रम ऐनाको दोस्रो सिजनमा उपस्थित छौँ ।’
लामिछानेले पहिलो संस्करणका प्रस्तोता विश्वप्रकाश शर्माले नै दोस्रो संस्करण पनि सञ्चालन गर्ने जानकारी दिँदै दोस्रो संस्करणमा कांग्रेस महामन्त्री शर्माले जनप्रतिनिधिकै रूपमा संवाद गरे बताएका छन् । ‘राजनितिकर्मीकै रूपमा सरोकारवालाहरुको प्रश्न सुन्नुहुनेछ, अनि संसदको रोस्ट्रमबाट झैं सरकारलाई पनि प्रश्न गर्नुहुनेछ र समाधानका सुत्र खोजीसाथ छलफल चलाउनुहुनेछ,’ उनले भने ।
साहित्य लेखनमा रुचि राख्ने महामन्त्री शर्मा शब्दमा संगीत पनि भर्ने गर्छन् । पछिल्लो समय हिमाल आरोहीका रुपमा पनि शर्माले परिचय बनाएका छन् । छापामाध्यममा सम्पादक रहिसकेका शर्मासँग रेडियो र टेलिभिजनकर्मको अनुभव पनि छ